मेरोमाइक्रोफाइनान्सको नाफा ह्वात्तै बढ्यो, ईपीएस कति?
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष खुद नाफा ३६२.५९ प्रतिशतले बढेको छ । गत वर्ष कम्पनीले २१ करोड ९५ लाख ७३ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७४ लाख ६६ हजार रुपैयाँ नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी १४ प्रतिशतले बढेर ८७ करोड ४८ लाख ४७ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ७६ करोड ७० लाख १६ हजार रुपैयाँ मात्रै थियो ।
गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज १२ करोड ५४ लाख २० हजार रुपैयाँबाट घटेर १ करोड ९४ लाख ६९ हजार रुपैयाँमा झरेको छ । यससँगै कम्पनीको सञ्चालन नाफा ६ करोड ९१ लाख ६१ हजार रुपैयाँबाट ३५२.७४ प्रतिशतले बढेर ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशतले बढेर ९९ करोड २९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ८५ करोड ७१ लाख ५८ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीको खराब कर्जा भने १.८४ प्रतिशतले बढेर ७.६८ प्रतिशत पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ४ पैसाले बढेर १६ रुपैयाँ ६३ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.०८ गुणा रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा १९ करोड ६२ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष असार मसान्तसम्म आइपुग्दा चुक्ता पूँजी १ अर्ब ३२ करोड २० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ८४ करोड ४५ लाख रुपैयाँ सञ्चिति रहेको छ । गत वर्ष कम्पनीको निक्षेप तथा सापटी २.११ प्रतिशतले घटेर ११ अर्ब ७७ करोड ६३ लाख रुपैयाँमा झरेको छ भने कर्जा ०.८४ प्रतिशतले घटेर १३ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ ।