इसेवाको मोबाइल एपमा गम्भीर सुरक्षा खतरा, गुगलले प्लेस्टोरबाट हटायो हाम्रो मोबाइलमा राख्ने कि हटाउने ?
काठमाडौं । गम्भिर सुरक्षा खतरा देखेपछि इसेवाको मोबाइल एपलाई गुगलको प्लेस्टोरले हटाईदिएको छ । सर्वसाधारणको डाटा चोरी तथा अन्य विभिन्न सुरक्षा खतरा रहेको भन्दै गुगलले इसेवाको मोबाईल एपलाई गुगल प्लेस्टोरले हटाईदिएको हो ।
सुरक्षा खतरा भन्दै गुगलले नै हटाईदिएको इसेवाको एप प्रयोग गर्ने कि नगर्ने ? गम्भिर अप्ठेरोमा प्रयोगकर्ताहरु परेका छन् । हिजोदेखि गुगलको प्लेस्टोरबाट हटेको इसेवा हजारौं व्यापारीहरुले क्युआर कोडमार्फत व्यापारिक भुक्तानी लिन समेत प्रयोग गर्दै आएका छन् ।
ईसेवाकाे माेबाइल वालेटमा सुरक्षा जाेखिम रहेकाे देखिएकाे छ । सुरक्षा खतरा भनेर प्रमाणित भइसके पछि इसेवाको एप मोबाईलमा राख्न नहुने आईटी सुरक्षाविज्ञरुको तर्क छ । इसेवाले प्रयोगकर्ताको सुरक्षामा गम्भिर खेलवाड गरिरहेको तथ्य यसअघि पनि पटक पटक बाहिर आएको थियो । प्रयोगकर्ताको व्यक्तिगत सुरक्षामा खतरा रहेको इसेवाको मोबाइल एप तत्काल हटाउनु पर्ने सुझाव दिन्छन्, आईटी विज्ञ सुन्दर आचार्य । आचार्यका अनुसार इसेवाको एप गुगले नै हटाइसकेपछि नेपाली प्रयोगकर्ताहरुले उक्त एपमा भएको रकम बैंकमा सारेर तत्काल हटाउँदा उपयुक्त हुने सुझाव दिएका छन् ।
अन्य आईटी विज्ञहरुले समेत इसेवाको एप मोबाइलमा राखिरहन नहुने बताउँछन् । साइबर सेक्युरिटी सम्बन्धी अध्ययन गरिरहेका बिनय बजगाई समेत इसेवाको रकम निकालेर तत्काल मोबाइलबाट हटाउनुपर्ने बताउँछन् ।
साइबर सेक्युरिटी विज्ञहरुले इसेवाले नियामक नेपाल राष्ट्र बैंकको नियमन क्षमताकै धज्जी उडाएको बताउँदै यस्तो कमजोर एपमा जनताको अर्बौ रुपैयाँ डुब्ने अवस्थाको जिम्मेवार नियामक निकाय समेत हुनुपर्ने धारणा राखेका छन् ।
अनलाइन जुवाको अखडा बन्दै इ–सेवा, नियामक निकाय मूकदर्शक हुँदा मौलाउँदै गैर कानुनी धन्दा !
One thought on “इसेवाको मोबाइल एपमा गम्भीर सुरक्षा खतरा, गुगलले प्लेस्टोरबाट हटायो हाम्रो मोबाइलमा राख्ने कि हटाउने ?”