नेपाल लाइफ क्यापिटलको हकप्रद बिक्री अवधि थप
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ४ लाख ३८९ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ ।
क्यापिटलले गत साउन ८ गतेदेखि हकप्रद बिक्री खुला गरेको कम्पनीले साउन २२ गते बन्द गर्ने जनाएको थियो । अब कम्पनीले बिक्री अवधि थप गरेको छ, यससँगै इच्छुक लगानीकर्ताले भदौ २५ गते कार्यालय समयसम्म उक्त हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्ने भएका छन् ।
उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक शेयरधनीले यस कम्पनीको ग्लोबल आइएमई बैंकको कमलादी शाखा वा आइसिएफसि फाइनान्सको नक्साल शाखामा रहेको बैंक खातामा रकम बुझाई कम्पनीको कारोबार कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
हकप्रद भनेसी जति पनि उठाउन मिल्ने रैछ?शियर नभाकोले नि उठाउन मिल्छ त?