सैनामैना नगरपालिकामा बीमा सम्बन्धि छलफल  कार्यक्रम सम्पन्न

२२ श्रावण २०८१, मंगलवार १८:२७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रुपन्देहीको सैनामैना नगरपालिकामा बीमा सम्बन्धित अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नागरीकहरुलाई बीमाको दायरामा ल्याउन आवश्यक भएकोले पालिकाको तर्फबाट आगामि दिहरुमा प्रभावकारी कर्ययोजना तयार गर्ने प्रतिबद्धता सैनामैना नगर उप प्रमुख बीना रानाले ब्यक्त गरिन् ।

बीमा प्रधिकरणले आयोजना गरेको कार्यक्रममा बीमाले नागरीकको सम्पती माथिको जोखिम लिने भएकोले भुकम्प, बाढी पहिरो, सडक दुर्घटनाबाट हुने क्षतिको रक्षावरण गर्ने हुदा सबैले अनिवार्य रुपमा बीमा गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख तथा निमित्त कार्यकारी प्रमुख बसन्त श्रेष्ठले बताए ।

सहकारीहरु जस्तो बीमा कम्पनी नडुब्ने बताउदै समाजमा सबै मिलेर यसको भ्रम चिर्नपर्ने नेपाल बीमा प्रधिकरण, लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाले बताए । बीमा कम्पनीहरुले जोखिमलाई अन्य पुर्नबीमा कम्पनीहरुमा सार्ने भएकोले सबै नागरीहरु बीमाको दायरामा आउनुपर्ने नेपाल बीमा प्रधिकरण, लुम्बिनी प्रदेश प्रमुख थापाले जोड दिए ।

कार्यक्रममा सैनामैना नगरपालिकाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु र बीमा कम्पनीमा प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको हो । कार्यक्रम नेपाल बीमा प्रधिकरण, लुम्बिनी प्रदेश कार्यालय साहायक निर्देशक निर्मल खनालले संचालन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*