बीमा प्राधिकरणमा मुद्दाको चाङ, गत आवसम्म २८७ फछ्र्यौट गर्नै बाँकी

२२ श्रावण २०८१, मंगलवार १६:०२

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा २८७ वटा मुद्दाहरुमा फैसला तथा सहमति गराउन बाँकी रहेको छ । प्राधिकरणले आर्थिक वर्ष २०८०।०८१ मा १०१ मुद्दाहरुमा फैसला र ४९ वटा मुद्दामा सहमति गराएको हो ।

प्राप्त तथ्यांक अनुसार बीमा प्राधिकरणमा अघिल्लो आर्थिक वर्षमा फछ्र्यौट हुन बाँकी रहेका १९२ वटा, गत आवमा २४४ वटा नयाँ र पुनरावेदनबाट आएको १ गरी कुल ४३७ वटा मुद्दा रहेका थिए ।

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७९।८० मा १४९ वटा मुद्दा फर्छ्यौट गरेको थियो । त्यस्तै, प्राधिकरणले आर्थिक वर्ष २०७८।७९ मा १५२ वटा, आव २०७७।०७८ मा ९३ वटा मुद्दा फर्छ्यौट गरेको प्राधिकरणले जनाएको छ ।

।१८६ वटा मुद्दा सरेर आएको र १५५ वटा नयाँ पर्दा कुल ३४१ वटा मुद्दा थियो । त्यसमध्ये फर्छ्यौट हुन बाँकी १९२ वटा मुद्दा गत आर्थिक वर्षमा सरेर आएको थियो।

बीमा क्षेत्रमा बढ्दै गएको विकृति र अन्यायका विरुद्धमा सरोकारवालाहरुले नियमनकारी निकाय बीमा प्राधिकरणमा मुद्धा दर्ता गराउँदैं आएका छन् ।

विभिन्न कम्पनीहरु मर्ज भएपश्चात  बाहुल्यता भएका कम्पनीका उच्च पदस्थ व्यवस्थापकहरुले अर्को पक्षका कर्मचारीहरुलाई हेप्ने, दवाउने लगायतका क्रियाकलाप पनि भएका घटनाहरु र  बीमा दावी भुक्तानीहरुमा पीडित पक्षले न्यायको लागि प्राधिकरणमा मुद्दा दर्ता गराउँदैं आएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*