वर्ष दिनमा २० वाणिज्य बैंकलाई ऋणीहरुले बुझाए ५ खर्ब ८८ अर्ब रुपैयाँ ब्याज, कुनलाई कति ? (सूचीसहित)

२२ श्रावण २०८१, मंगलवार १४:३६

काठमाडौँ । एक वर्षको अवधिमा हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।०८१ को वित्तीय विवरण अनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब ७६ करोड ८४ लाख ५० हजार रुपैयाँ ब्याज बुझाएका हुन् ।

ऋणीहरुले बैंकहरुलाई बुझाएको ब्याज अघिल्लो आर्थिक वर्ष २०७९।०८० को सोहि अवधिको तुलनामा भन्दा ६.७६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ऋणीबाट वाणिज्य बैंकहरुलाई ५ खर्ब ५१ अर्ब ४९ करोड ३३ लाख ८२ हजार रुपैयाँ ब्याज बुझाएका थिए ।

यसअवधिमा २० वाणिज्य बैंकमध्य ७ कम्पनीको ऋणीबाट उठ्ने ब्याजमा भने कमि आएको छ । १३ वाणिज्य बैंकको ब्याज आम्दानी भने वृद्धि भएको बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्टमा उल्लेख गरीएको छ ।

असार मसान्तसम्ममा सबै भन्दा बढी ऋणीहरुबाट ब्याज आम्दानी गर्न बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकलाई ऋणीहरुले यस अवधिमा ५१ अर्ब ४६ करोड १६ लाख २१ हजार रुपैयाँ ब्याज बुझाएका हुन् । जुन गत आर्थिक वर्षको तुलनामा ६.७४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैकले ऋणीहरुबाट ४८ अर्ब २१ करोड ८० हजार रुपैयाँ ब्याज आम्दानी गरेको वित्तीय रिपोर्टको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

ऋणीहरुबाट सर्वाधिक ब्याज आम्दानी गर्न दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । नाफामा अग्र स्थानमा रहेको नबिलले गत आर्थिक वर्षको असार महिनासम्ममा ऋणीहरुबाट ४६ अर्ब ३० करोड ३१ लाख २२ हजार रुपैयाँ ब्याज उठाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ०.११ प्रतिशतले बढी हो ।

त्यस्तै, ऋणीहरुबाट उठ्ने ब्याज नेपाल इन्भेष्टमेन्ट बैंकको २२.६० प्रतिशतले बढेर ४३ अर्ब ६ करोड ५६ लाख रुपैयाँ, कुमारी बैंकको १३.४० प्रतिशतले बढेर ३८ अर्ब ६८ करोड रुपैयाँ, एनआइसी एशिया बैंकले ०.०१ प्रतिशतले बढेर ३८ अर्ब ३७ करोड, हिमालयन बैंकले २२.प्रतिशतले बढाएर ३५ अर्ब ५७ करोड, लक्ष्मी सनराइज बैंकले ८३.८४ प्रतिशतले बढेर ३५ अर्ब ५ करोड रुपैयाँ, प्रभु बैंकले ७.१६ प्रतिशतले बढेर ३२ अर्र्ब, आरबिबिले १.७ प्रतिशतले घटेर २९ अर्ब र कृषि विकास बैंकले १३ प्रतिशतले बढेर २७ अर्ब रुपैयाँ रहेको छ ।

यता, प्राइम–एनएमबि–सिद्धार्थ र नेपाल बैंकले २५–२५ अर्ब रुपैयाँ, एभरेष्ट बैंकले २२ अर्ब, सानिमा बैंकले र सिटिजन बैंकले १९ अर्ब रुपैयाँ ऋणीहरुबाट ब्याज उठाएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*