असारमा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन २८ प्रतिशतले बढ्यो, कुनको कति ?

२२ श्रावण २०८१, मंगलवार १४:१९

काठमाडौँ । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ को असार महिनामा मात्र ६ अर्ब ७८ करोड रुपैयाँ प्रथम बीम शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्ग अनुसार जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा ६ अर्ब ७८ करोड १४ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हुन् ।

जीवन बीमा कम्पनीले संकलन गरेको प्रथम बीमा शुल्क आर्जन अघिल्लो आर्थिक वर्ष २०७९।०८० को तुलनामा २८.२६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीहरुले ५ अर्ब २८ करोड ७३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै बीमा शुल्क संकलन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । सो कम्पनीले असारमा महिनामा मात्र १ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । जुन अघिल्लो असारको तुलनामा २३.८३ प्रतिशतले बढी हो ।

असार महिनामा मात्र धेरै प्रथम बीमा शुल्क संकलन गर्ने कम्पनीको सूचीमा नेशनल लाइफ दोस्रो नम्बरमा रहेको छ । नेशनल लाइफले असारमा मात्र ८९ करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो । जुन अघिल्लो असारको तुलनामा ३८.२८ प्रतिशतले बढी हो । तेस्रो नम्वरमा ५३ करोड ४७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेर एलआइसी नेपाल पर्न सफल भएको छ ।

त्यस्तै, असार महिनामा मात्र हिमालयन लाइफले ५३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ५२ करोड १४ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ९७ लाख रुपैयाँ, एशियन लाइफले ४० करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३५ करोठ ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*