गत वर्ष लघु जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १६ करोड, क्रेष्ट माइक्रो अग्रस्थानमा
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म लघु जीवन बीमा कम्पनीहरूले १६ करोड ९७ लाख ८३ हजार रुपैयाँ बराबर कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा हाल सञ्चालनमा रहेका तीनवटा लघु जीवन बीमा कम्पनीहरूले उक्त रकम बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वाधिक ९ करोड ७६ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी दोस्रोमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले ४ करोड २२ लाख ३६ हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले असार मसान्तसम्म २ करोड ९९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।