त्रिभुवन विमानस्थलमा भद्रगोल, बुद्ध एयरको जहाज दुई पटक ओभरसूट, बुद्धकै चार जहाज अवतरण गर्न सकेनन्

२२ श्रावण २०८१, मंगलवार १०:४३

काठमाडौं । खराव मौषमका बीच काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरुको अवतरण भद्रगोल बनाइएको छ । कुशल व्यवस्थापन भएको काठमाडौंस्थित विमानस्थलमा खराव मौषमका बीचमा बुद्ध एयरका दुई वटा जहाजले पालैपालो ओभरसूट गरेका छन् । अवतरणको प्रयास गर्दा अनकूल नमिलेपछि ओभरसूट गरिएको हो । अहिले चार वटा बुद्ध एयरका जहाज आकाशमै होल्ड भएर अवतरणको प्रयास गरिरहेका छन् ।

खराव मौषमका बीचमा उडाइएका जहाजहरु अप्ठेरोमा परेका हुन् । आन्तरिक उडानका साना जहाजहरु समेत ओभरसूट भएपछि ठूला जहाजहरु अवतरण गर्न थप समय लाग्ने देखिएको छ ।

यसैबीच, बुद्ध एयरकै एक जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि भरतपुरतर्फ लागेको छ । त्यहाँ पनि अवतरण गर्न खराव मौसमले साथ नदिएपछि भैहरवातर्फ हान्निएको छ ।

यसैबीच, भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाजले एक पटक अवतरणको प्रयास असफल भएपछि सिमरा एयरपोर्टमा अवतरण गर्दैछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*