एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मीप्रपन्न निरौलाले दिए राजिनामा
२२ श्रावण २०८१, मंगलवार १०:३७
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक लक्ष्मीप्रपन्न निरौलाले दिनु भएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा दिएका थिए ।
कम्पनी सञ्चालक समितिको साउन २१ गते बसेको सञ्चालक समितिले निरौलाको राजिनामा स्वीकृत गरेको हो ।