भिषण बर्षाको कारण दिल्लीबाट आएको इण्डिगो एयर विमानस्थलमा ओभरशूट, सिचुवान एयर अवतरण गर्न सकेन

२२ श्रावण २०८१, मंगलवार १०:२८

काठमाडौं । अत्याधिक वर्षाको कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा आंशिक रुपमा प्रभावित हुन पुगेको छ । अत्याधिक वर्षाको कारण भारतको नयाँ दिल्लीबाट आएको इण्डिगो एयरको जहाज ओभरसूट भएको छ । अवतरण गर्न एप्रोच लिएर आएको सो जहाज ललितपुरको धापाखेल माथिको आकाशमा पुगेपछि धावनमार्गको स्थिति बुझेर ओभरसूट गरेको हो ।

जहाज पुनः दोस्रो पटक बारामाथि पुगेर एप्रोच लिएर अवतरण गर्ने प्रयास गरिरहेको छ ।

उता, चीनको छेन्दुबाट आएको सिचुवान एयरको जहाज काठमाडौंमा अवतरणको लागि बारामाथिको आकाशमा पुगेर एप्रोच लिनै खोज्दा मौषमको खरावीको कारण अवतरण गर्न नसक्ने भएपछि डाईभर्ट भएको छ ।

यसैबीच, केहीबेर अघि दोहाबाट आएको हिमालयन एयरको जहाज भने अवतरण गरेको छ । त्यस्तै, भिस्तारा एयर र कतार एयर अवतरण गर्ने प्रयास गरिरहेका छन् ।

यतिबेला बुद्ध एयर, श्रीएयरका आन्तरिक उडानका जहाज सहित कूल ७ वटा जहाज आकाशमै होल्ड भइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*