भिजन ईनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो साधारणसभा

२२ श्रावण २०८१, मंगलवार ०८:५६

काठमाडौं । भिजन ईनर्जी एण्ड पावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसका लागि भदौ १४ गते शुक्रबार नवौं वार्षिक साधारणसभाको आह्वान गरिएको हो ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सो दिन दिउँसो ३ बजेदेखि भर्च्युअल माध्यमबाट सभा बस्ने निर्णय गरेको हो । सभाले प्रारम्भिक शेयर निष्काशन (आईपीओ) जारी गर्ने र सोका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत र चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले गत आवको सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*