चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, मूल्य कति?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न चारवटा कम्पनीहरूको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले आफ्नो स्वामित्वको नेपाल इन्फान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ९ लाख ६५ हजार कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९२ हजार ३४९ कित्ता, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५१ हजार ८०५ कित्ता र सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
जसमध्ये सीआईटीको शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै खरीद गर्न पाउनेछन् भने निफ्रा, सूर्यज्योति लाइफ र सूर्याेदय वोमी लघुवित्तको शेयर जोकोहीले खरीद गर्न सक्नेछन् । यी शेयर खरीदका लागि आवेदन दिँदा घटीमा ५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।
बैंंकले प्रत्येक कम्पनीको शेयरको मूल्य फरक–फरक तोकेको छ । जसमा निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १८५ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता ३९९ रुपैयाँ र सीआईटीको प्रतिकित्ता ८३३ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ ।
सो कम्पनीहरूको खरीद गर्न योग्य तथा इच्छुक व्यक्तिले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेद पेश गर्नु पर्नेछ । आवेदन आज साउन २२ गतेदेखि २९ गते कार्यालय समयसम्म पेश गर्न सकिनेछ ।