बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागिन, सत्ता सेनाको पल्टामा

२१ श्रावण २०८१, सोमबार १६:३२

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागेकी छिन् । गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो । उक्त प्रदर्शनले उग्र रुप लिएपश्चात प्रधानमन्त्री हसिनाले राजिनामा दिएर देश छोडेकी हुन् ।

बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय मानिसहरूको मृत्यु भइसकेको छ ।

सेनाको पल्टामा सत्ता

बंगलादेशका सेनापति वाकर उज–जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनरल वकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न पनि आग्रह गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*