हिमालयन रिइन्स्योरेन्स र एनआरएन डेभलपमेन्टको सर्वाधिक कारोबार, अन्य कुन कम्पनीको कति ?
२१ श्रावण २०८१, सोमबार १५:१५
काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ४० दशमलव ७६ अंकले बढेर २७९६.३८ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न क्षेत्रका ३२६ वटा कम्पनीको चार करोड ९७ लाख ७३ हजार कित्ता खरिद–बिक्री भई कुल २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।
आज पनि हिमालयन रि इन्स्योरेन्सको एक अर्ब २६ करोड रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ । त्यस्तै, एनआरएन डेभलपमेन्टको ४९ करोड ३८ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावर, शिवम् सिमेन्ट लगायतका कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।