शेयर बजार २८ सयको विन्दुमा पुग्नै लाग्दा ११ वटा कम्पनीको शेयरमा सर्किट

२१ श्रावण २०८१, सोमबार १५:१४

काठमाडौं । सोमबार नेपाली शेयर बजार २७९६ को विन्दुमा कायम रहँदा १६३ सूचीकृत कम्पनीहरूको शेयरमूल्यमा वृद्धि भएको छ । जसमध्ये ११ वटा कम्पनीहरूको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको हो ।

यस दिन नेप्से ४०.७६ अंकले बढोत्तरि हुँदा सात वटा उपसूचकमा हरियाली छाएको छ । सोमबार रुरु जलविद्युत, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत कम्पनी, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत, भिजन लुम्बिनी उर्जा, र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै सिटी होटलको ९.९९ प्रतिशत माउन्टेन हाइड्रो नेपालको ९.९७ प्रतिशतले शेयरमूल्य बढेको हो । त्यसैगरी ९ प्रतिशतभन्दा धेरैले बढ्नेमा हाथवेको ९.९४ प्रतिशत, रावा इनर्जीको ९.८७ प्रतिशत र हिमालयर रिको ९.७४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*