नेप्से ४० अकंले बढ्योः कारोबार २१ अर्ब ८६ करोड, के बजारमा माफियाको चलखेल भइरहेको हो ?
काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । सस्थागत लगानीकर्तालाई शेयर धितो कर्जामा लगाएको क्याप खारेजभएसँगै दोस्रो बजारमा रौनक देखिएको हो । लगानीकर्ताको मनोबल समेत निकै उच्च बन्दै गइरहेको छ । जसले गर्दा कारोबार रकम समेत निरन्तर उचाईमा पुगि रहेको हो । बजारले अब बुलको यात्रा तय गरेको आम लगानीकर्ताको तर्क रहदै आइरहेको छ ।
नियामक निकायसँग नेपाल सरकारको समन्वय बढ्न भएका कारण पनि लगानीकर्तामा खुसी छाएको छ । देशले समेत स्थायि सरकार पाएको महसुस लगानीकर्ताले गरेका छन् । अब अर्थतन्त्र समेत निरन्तर उचाईमा पुग्ने आश आम सर्वसाधारणमा रहेको छ । जसले बजारलाई वृद्धिमा थप बल पुराइ रहेको छ ।
तर, केहि जानकारहरु भने बजारमा माफिया तथा ठुला लगानीकर्ताको चलखेल भइरहको बताउछन् । वित्तीय सूचक नाजुक रहेका कम्पनीको शेयर मूल्य निकै उच्च बन्नु चलखेल भएको प्रष्ट हुने आंकलन हुन थालेका छन् ।
गत शुक्रबार पूर्वअर्थमन्त्री प्रकाशसरण महतले मौद्रिक नीति निकै लचिलो आएको तर्क गरेका थिए । जसले गर्दा सोझा लगानीकर्ता डुब्ने उनको तर्क छ । शेयर बजारमा पछिल्लो समय चलखेल भइरहेको उनको भनाइ छ । अस्वभाविक रुपमा कमजोर कम्पनीको शेयर मूल्य समेत बढेको भन्दै उनले आपत्ति जनाएका थिए । जसले बजारमा असर गर्ने देखिन्छ । केहि सीमिति ब्यक्तिले शेयर बजारलाई चलाएको महतले बताए ।
यता, अर्थमन्त्री विष्णु पौडेलले भने बजारलाई गतिशिल र सन्तुलित बनाउन सरकार लाग्ने बताएका छन् । बजारमा चलखेल हुन नदिन आफु सक्रिय भएर कार्य गरीरहेको र धितोपत्र बोर्डलाई निर्देशन समेत दिइ सकेको बताए ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.७६ अकंले बढेर २७९६.३८ बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
सोममबार ७ उपसूचकमा हरियाली आएको छ । यसदिन होटल तथा पर्यटन समूहको ६.६९ प्रतिशत, हाइड्रोपावर समूहको ३.०९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.५२ प्रतिशत, जीवन बीमा समूहको ३.२३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।