शेयर बजारमा अब्बल नेपाल फाइनान्सको वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा ९.११ प्रतिशत

२१ श्रावण २०८१, सोमबार १३:०९

काठमाडौँ । शेयर बजारमा अब्बल रहेको नेपाल फाइनान्सको शेयर मूल्य भने नाजुक अवस्थामा रहेको छ । फाइनान्स कम्पनीहरु मध्ये सबैभन्दा उच्च शेयर मूल्य रहेको कम्पनीका अधिकांश वित्तीय सूचक धरापमा रहेका हुन् ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेपाल फाइनान्सको मुनाफा १० प्रतिशतले घटेर एक करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा दुई करोड १ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

खराब कर्जा घटेको भएपनि निकै उच्च नै देखिएको छ । हाल कम्पनीको खराब कर्जा ९.११ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खराब कर्जा १२.१६ प्रतिशत रहेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी भने १९.८६ प्रतिशतले वृद्धि भएर ११ करोड ७ लाख रुपैयाँ र कूल सञ्चालन आम्दानी ५.८९ प्रतिशतले बढेर १४ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा भने २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ, पीई अनुपात ३६०.१५ गुणा र प्रतिसेयर नेटवर्थ १३७.१२ रुपैयाँ कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*