फर्स्ट माइक्रोफाइनान्सको नाफामा १२% गिरावट, ईपीएस पनि घट्यो

२१ श्रावण २०८१, सोमबार १२:३५

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सोका अनुसार गत वर्ष कम्पनीको खुद नाफा १२.०४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १९ करोड ८१ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष १७ करोड ४२ लाख ९० हजार रुपैयाँमात्रै नाफा गरेको हो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी २८.८७ प्रतिशतले घटेर ३० करोड ८१ लाख ७५ हजार रुपैयाँमा झरेको छ जुन अघिल्लो वर्ष ४३ करोड ३२ लाख ५६ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष ११ करोड ६५ लाख ८० हजार रुपैयाँ ऋणात्मक रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ७७ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी ३१.१७ प्रतिशतले घटेर ३२ करोड ६६ लाख ९ हजार रुपैयाँमा सिमित भएको जुन अघिल्लो वर्ष ४७ करोड ४५ लाख ४२ हजार रुपैयाँ थियो । यससँगै कम्पनीको सञ्चालन नाफा १२.३८ प्रतिशतले घटेर २५ करोड १० लाख १८ हजार रुपैयाँमा सिमित भएको छ जुन अघिल्लो वर्ष २८ करोड ६४ लाख ८५ हजार रुपैयाँ थियो ।

गत वर्षसम्म कम्पनीको वितरणयोग्य नाफा २४.५९ प्रतिशतले घटेर १३ करोड ६९ लाख २७ हजार रुपैयाँमा झरेको छ यो अघिल्लो वर्ष १८ करोड १५ लाख ७६ हजार रुपैयाँ थियो । कम्पनीको ईपीएस १७ रुपैयाँ २६ पैसाबाट घटेर १४ रुपैयाँ १३ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ७६ पैसा रहेको छ । गत वर्ष कम्पनीको खराब कर्जा ०.६६ प्रतिशतबाट बढेर २.०७ प्रतिशत पुगेको छ ।

गत वर्षको असार मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पूँजी ७.५० प्रतिशतले बढेर १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ पुगेको छ भने रिजर्भको आकार पनि ४.९७ प्रतिशतले बढेर १ अर्ब ६६ करोड २७ लाख २५ हजार रुपैयाँ पुगेको छ । यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा १३ करोड ६९ लाख २७ हजार रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*