बाणिज्य बैंकहरुको इपीएस ८ देखि ३५ रुपैयाँसम्म, कसको कति ? (सूचीसहित)

‘१५ वटा बैंकको इपीएसमा गिरावट हुदाँ पाँचको बृद्धि’
२१ श्रावण २०८१, सोमबार १०:५९

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस अनुसार अधिकांश बैंकहरुको प्रतिशेयर आम्दानीमा गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २० वाणिज्य बैंकहरुमध्ये १५ वटाको प्रतिशेयर आम्दानी घटेको छ भने पाँच वटाको मात्र बढेको छ । समग्र रुपमा हेर्ने हो भने बैंकहरुको यस्तो आम्दानीमा गिरावट आएको देखिन्छ ।

सार्वजनिक विवरण अनुसार प्रतिशेयर आम्दानीमा स्ट्याण्डर्ड बैंक अग्रस्थानमा रहेको छ । यस अवधिमा बैंंकको यस्तो आम्दानी ३५ रुपैयाँ नौ पैसा रहेको छ । अघिल्लो आवको तुलनामा २ रुपैयाँ ३० पैसाले घटेको छ ।

दोस्रो नम्करमा एभरेष्ट बैंक रहेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ३१ रुपैयाँ ४५ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ३१ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रतिशेयर आम्दानी चाँही बढेको छ । अघिल्लो आवमा २० रुपैयाँ ७७ पैसा रहेको यस्तो आम्दानी बढेर २६ रुपैयाँ ०९ पैसा पुगेको छ ।

यस अवधिमा नबिल बैंकको २६ रुपैयाँ ०९ पैसा, कृषि विकास बैंकको २४ रुपैयाँ ७५ पैसा, राष्ट्रिय वाणिज्य बैंकको २१ रुपैयाँ ७३ पैसा, सिद्धार्थ बैंकको २१ रुपैयाँ ४० पैसा प्रतिशेयर आम्दानी रहेको छ ।

साथै, एनआइसी एशिया बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ, कुमारी बैंकको ८ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*