कस्मिक इलेक्ट्रीकलले आईपीओ निष्काशन गर्ने, डाक्यो विशेष साधारणसभा

२१ श्रावण २०८१, सोमबार १०:२८

काठमाडौं । कस्मिक इलेक्ट्रीकल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि भदौ ५ गते बुधबार विशेष साधारणसभा बस्ने निर्णय भएको हो ।

कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको सानेपास्थित कम्पनी कार्यालयमा बिहानको ११ बजेदेखि सभा बस्ने निर्णय गरेको छ । सभाले कम्पनीको शेयर सार्वजनिक निष्काशन (आईपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै हाल कायम अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आईपीओ निष्काशनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र आईपीओ निष्काशन पश्चात् प्राप्त हुने रकमको उपयोग गर्ने सम्बन्धमा निष्कर्श निकाल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*