महालक्ष्मी विकास बैंकको मुनाफा २४.५२ प्रतिशतले बढ्यो, इपिएसमा समेत वृद्धि हुँदा अन्य सूचक कस्ता ?

२१ श्रावण २०८१, सोमबार १०:१३

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.५२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.७४ प्रतिशतले घटेर १ अर्ब ९३ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १९ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.५१ प्रतिशतबाट बढेर ४.५८ प्रतिशत पुगेको छ। साथै, संचालन नाफा १८.६८ प्रतिशतले बढेर ६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्तापुँजी ४ अर्ब १७ करोड रुपैयाँ, जगेडा कोषमा २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १७ करोड ७१ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ २२ पैसा बढेर ११ रुपैयाँ २७ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात ३१.३२ गुणा रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*