कुमारी बैंकको नाफा ह्वात्तै बढ्यो, कस्ता छन् अन्य सूचक?

२१ श्रावण २०८१, सोमबार १०:०३

काठमाडौं । गत आर्थिक वर्ष कुमारी बैंक लिमिटेडको खुद नाफा ३४५.६७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५१ करोड ७९ लाख रुपैयाँ नाफा गरेको बैंकले गत वर्ष २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ उत्साहजनक नाफा गर्न सफल भएको हो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानीमा भने ०.७२ प्रतिशतको गिरावट देखिएको छ । बैंकले गत वर्ष १० अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ११ अर्ब ६ करोड ६१ लाख रुपैयाँ थियो । बैंकको कुल सञ्चालन आम्दानी ५.९६ प्रतिशतले बढेर १३ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको यस्तो आम्दानी १३ अर्ब ५ करोड ७६ लाख रुपैयाँ थियो ।

गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज ८ अर्ब ११ करोड ५८ लाख रुपैयाँबाट घटेर ३ अर्ब ५६ करोड ४२ लाख रुपैयाँमा झरेको छ । यससँगै बैंकको सञ्चालन नाफा ३०५.९४ प्रतिशतले बढेर ३ अर्ब ९० करोड ३६ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष ९६ करोड १६ लाख रुपैयाँ थियो । बैंकको खुद सञ्चालन आम्दानी १०७. ८६ प्रतिशतले बढेर १० अर्ब २७ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ४ अर्ब ९४ करोड १८ लाख रुपैयाँ थियो ।

गत वर्ष बैंकको खराब कर्जा ०.०१ प्रतिशतले घटेर ४.९५ प्रतिशतमा झरेको छ भने आधारदर २.०१ प्रतिशतले घटेर ८.८९ प्रतिशत कायम भएको छ । बैंकको ईपीएस ६ रुपैयाँ ८३ पैसाले बढेर ८ रुपैयाँ ८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४७ पैसा रहेको छ ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ जुन अघिल्लो वर्ष २ अर्ब २० करोड २९ लाख रुपैयाँ ऋणात्मक थियो । गत वर्षको असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार २९.८७ प्रतिशतले बढेर १४ अर्ब ६६ करोड ४३ लाख रुपैयाँ पुग्दा रिटेन्ड अर्निङमा ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ जुन अघिल्लो वर्ष २ अर्ब २० करोड २९ लाख रुपैयाँ ऋणात्मक थियो ।

गत वर्ष बैंकले ग्राहकमा प्रवाह गर्ने कर्जा ०.८४ प्रतिशतले बढाएर २ खर्ब ७३ अर्ब २० करोड १० लाख रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन ५.४० प्रतिशतले बढाएर ३ खर्ब ३३ अर्ब ११ करोड १३ लाख रुपैयाँ पुर्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*