बढ्यो मुक्तिनाथ विकास बैंकको खराब कर्जा, ३४ करोड वितरणयोग्य नाफा गायब

२१ श्रावण २०८१, सोमबार ०९:१४

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.४८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १.९२ प्रतिशतले बढेर ४ अर्ब १८ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ४ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

बैंकको चुक्तापुँजी ७ अर्ब ४ करोड रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ, निक्षेप ५.७५ प्रतिशत घटेको छ भने कर्जा २.७१ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर २.२६ प्रतिशत र इम्पेरमेन्ट चार्ज ६४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसा घटेर १८ रुपैयाँ १५ पैसामा झरेको छ। यता, प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात २०.२२ गुणा रहेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३३ करोड १८ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ करोड २० लाख रुपैयाँले कम हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*