एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड रुपैयाँ माथि, कस्ता छन् अन्य सूचक?

२१ श्रावण २०८१, सोमबार ०८:२४

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष बैंकको नाफा २७ दशमलव ४९ प्रतिशतले घटेर २ अर्ब ३३ करोड ६५ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १० दशमलव १३ प्रतिशतले घटेर ७ अर्ब ४९ करोड ७० लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज ३२ दशमलव १४ प्रतिशतले बढेर १ अर्ब ९२ करोड १० लाख रुपैयाँ पुगेको छ । यससँगै बैंकको कुल सञ्चालन आम्दानी ६ दशमलव ३१ प्रतिशतले घटेर ९ अर्ब ६७ करोड ७८ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ३२ करोड ९७ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।

गत वर्ष कम्पनीको खुद सञ्चालन आम्दानी १२ दशमलव ६१ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड ६७ लाख रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन नाफा २५ दशमलव ०१ प्रतिशतले घटेर ३ अर्ब ५० करोड ६० लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ६७ करोड ५३ लाख रुपैयाँ यस्तो नाफा गरेको थियो ।

गत वर्ष बैंकको वितरयोग्य नाफा १ अर्ब १४ करोड ८ लाख रुपैयाँबाट घटेर २३ करोड ८९ लाख रुपैयाँमा सिमित भएको छ । बैंकको खराब कर्जा ० दशमलव ५२ प्रतिशतले बढेर ३ दशमलव २७ प्रतिशत पुगेको छ भने आधारदर १ दशमलव ९५ प्रतिशतले घटेर ८ दशलमलव ४२ प्रतिशत कायम भएको छ ।

बैंकको ईपीएस ४ रुपैयाँ ८३ पैसाले घटेर १२ रुपैयाँ ७२ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २७ पैसा रहेको छ । बैंकको खराब कर्जा ० दशमलव ५२ प्रतिशतले बढेर ३ दशमलव २७ प्रतिशत पुगेको छ भने आधारदर १ दशमलव ९५ प्रतिशतले घटेर ८ दशलमलव ४२ प्रतिशत कायम भएको छ । बैंकको ईपीएस ४ रुपैयाँ ८३ पैसाले घटेर १२ रुपैयाँ ७२ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २७ पैसा रहेको छ ।

गत वर्षको असार मसान्तसम्म बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार १७ दशमलव २२ प्रतिशतले बढेर १० अर्ब ४६ करोड ४० लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङमा २३ करोड ८९ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकले ग्राहकमा १ खर्ब ९४ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने दुई खर्ब २३ अर्ब ९४ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*