माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड माथि, ईपीएस कति?
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड रुपैयाँमाथि नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १७ दशमलव ९७ प्रतिशत कम हो, अघिल्लो वर्ष बैंकले १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ दशमलव ७६ प्रतिशतले घटेर ५ अर्ब ९० लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ५ अर्ब ३७ करोड २३ लाख रुपैयाँ थियो । गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब १४ करोड ८२ लाख रुपैयाँबाट घटेर १ अर्ब ७ करोड २१ लाख रुपैयाँमा झरेको छ । बैंकको कुल सञ्चालन आम्दानी ७ दशमलव ११ प्रतिशतले घटेर ६ अर्ब ३७ करोड ८८ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ६ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ थियो ।
गत वर्ष बैंकको सञ्चालन नाफा १७ दशमलव ९७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २ अर्ब ३८ करोड ५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत वर्ष १ अर्ब ९५ करोड २७ लाख रुपैयाँ मात्रै नाफा गरेको हो । गत वर्ष बैंकको प्रतिशेयर आम्दानी १ अर्ब ४४ करोड ८५ लाख रुपैयाँबाट घटेर ४६ करोड ६४ लाख रुपैयाँमा झरेको छ ।
बैंकको खराब कर्जा ० दशमलव ८६ प्रतिशतबाट बढेर १ दशमलव ५६ प्रतिशत पुगेको छ भने आधारदर २ दशमलव ४८ प्रतिशतले घटेर ८ दशमलव २६ प्रतिशतमा झरेको छ । गत वर्ष बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ०९ पैसाले घटेर १० रुपैयाँ ७६ पैसामा सिमित भएको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८० पैसा रहेको छ ।
गत वर्ष बैंकको चुक्ता पूँजी १३ दशमलव ३० प्रतिशतले बढेर ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार ४ अर्ब ४१ करोड ५२ लाख रुपैयाँबाट बढेर ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ पुगेको छ । बैंकको रिटेन्ड अर्निङमा ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ६७ करोड ३० लाख रुपैयाँ सञ्चिति रहेको छ ।
गत वर्ष बैंकले ग्राहकमा १ खर्ब २७ अर्ब १० करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह र १ खर्ब ५७ अर्ब ९४ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।