नबिल बैंकको नाफा ७ अर्ब माथि, प्रतिशेयर आम्दानीसहित अधिकांश सूचक उकालो यात्रामा
काठमाडौँ । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकको नाफा ६ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेर १६ र्अ २० करोड ७० लाख १० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।
यता, सञ्चालन नाफा ३.५१ प्रतिशतले बढेर ९ अर्ब ८४ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ रहेको थियो ।
समिक्ष अवधिमा कम्पनीको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ .रहेको छ ।
यसअवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ पैसाले बढेर २६ रुपैयाँ ०९ पैसामा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा छ ।