ग्लोबल आइएमई बैंकले एक वर्षमा कमायो ६ अर्ब, वितरणयोग्य नाफा अर्बक्लबमा हुँदा अन्य सूचक कस्ता ?
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीयद विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ अनुसार असार मसान्तसम्ममा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी १६ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त आम्दानी २.७४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७ अर्ब १० करोड ६९ लाख रुपैयाँ रहेको थियो । यता, बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ।
समिक्षा अवधिमा कम्पनीको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत र इम्पेरमेन्ट चार्ज ३ अर्ब ७४ करोड पुगेको छ। साथै, चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ, जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ र निक्षेप १४.३४ प्रतिशत बढेको छ भने कर्जा ४.२३ प्रतिशत बढेको छ।
यसअवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ।