सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु

२० श्रावण २०८१, आईतवार १३:०६

काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु चयन भएका छन् । नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनमा मारु अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

अध्यक्ष मारु विगत लामो समय देखि सिमेन्ट उद्योगमा आवद्ध छन् । नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसंग सम्बन्धित दिर्घकालिन तथा अल्पकालीन समस्याहरुको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि नीजि क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबिच सहकार्य गरी अघि बढ्ने बताए ।

संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन्। यस्तै, महासचिवमा राजाराम खड्का, कोषाध्यक्षमा अरुणकुमार कर्ण सर्वसम्मत भएका छन्।

संघको सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य संघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन्। राजन कुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*