आइपीओ प्रक्रिया नरोक्न चार संगठनको माग, ‘बजार चलयमान बने अर्थतन्त्र बलियो हुन्छ’

२० श्रावण २०८१, आईतवार ११:३९

काठमाडौँ । शेयर बजारका चार संघठनहरुले पूँजी बजारलाई चुस्त पारदर्शी एवं पूर्ण व्यावसायिक बनाउन सके अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताएका छन् । नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

‘नेपालको पुँजी बजारको आकार दिनप्रतिदिन बढिरहेको छ र आगामी दिनमा यसको क्षेत्र व्यापक रूपमा विस्तार गर्न सकिने धेरै सम्भावनाहरू छन् । पूँजी बजारलाई चुस्त पारदर्शी एवं पूर्ण व्यावसायिक बनाउन सके यसले अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्छ । छरिएर रहेको पुँजीलाई एकत्रित गरी “नेपालको लागि नेपालीकै लगानी” भन्ने कुराले समेत सार्थकता पाउने थुप्रै आधार र अवसरहरू छन्’ विज्ञप्तिमा भनेको छ ।

साथै, नेप्सेको सिस्टम समेत बलियो बनाउनु पर्ने माग लगानीकर्ता संघठनहरुको माग रहेको छ । ‘पुँजी बजारमा अहिले आएर दैनिक कारोबार रकममा वृद्धि हुँदै आएको छ जसले देशको राजस्व संकलनमा ठूलो योगदान गर्ने निश्चित नै छ। आगामी दिनमा दैनिक रूपमा २० देखि २५ अर्बको कारोबार सामान्य हुने सहजै अनुमान गर्न सकिन्छ । यस अवस्थामा नेपाल स्टक एक्सचेन्जको विद्यमान क्षमतामा अभिवृद्धि गर्नु पर्ने देखिएको छ । कारोबारको समयमा सिस्टममा खराबी आई लगानीकर्ताहरूले सेयर कारोबार गर्नबाट वञ्चित भएको गुनासो पटकपटक सुन्नमा आउँछ’ विज्ञप्तिमा भनेकोछ, ‘आगामी दिनमा सेयर कारोबारको समयमा सिस्टममा कुनै पनि समस्या नआउने गरी व्यवस्था मिलाउनको लागि नेपाल स्टक एक्सचेन्जको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं। साथै, नेपाल स्टक एक्सचेन्जका व्यवस्थापकीय एवं प्राबिधिक समस्या समाधान गर्न रणनीतिक साझेदार सहितका पूनर्सरचना गर्ने तर्फ नेपाल सरकारले अग्रसरता लिनेछ भन्ने कुरामा विश्वस्त छौ ।’

धितोपत्र बोर्डमा नेतृत्व नहुँदा लामो समयदेखि प्राथमिक सेयर निष्कासनको प्रक्रियाहरू अगाडि बढ्न सकिरहेको भन्दै छिटो स्वीकृत दिनुपर्ने उनीहरुको माग रहेको छ । साथै अतियोग्य कम्पनी बाहेक प्रिमियम र बुकबिल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्न निरुत्साहित गर्न भनेका छन् । कम्पनीहरूको सेयर जारी गर्दा कम्पनीको नेटवर्थ, लाभांश क्षमता, व्यावसायिक योजना एवं कम्पनीको ग्रोथलाई सूक्ष्म अध्ययन गरी प्राथमिक सेयर निष्कासन गर्ने अनुमति दिनुपर्ने उनीहरुको माग छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*