नेपाल फाइनान्सको खुद मुनाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?

२० श्रावण २०८१, आईतवार ०८:०६

काठमाडौं । चौथो त्रैमाससम्म आइपुग्दा नेपाल फाइनान्सको खुद मुनाफामा गिरावट आएको छ । यसअवधिमा खुद नाफा १० प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड १ लाख ३४ हजार रुपैयाँ खुदमु नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी १९।८६ प्रतिशतले बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १०।०३ प्रतिशतले बढेर २ करोड ५८ लाख ८३ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज र सञ्चालन आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढ्दा यस फाइनान्सको खुद नाफा प्रभावित भएको हो ।

अघिल्लो वर्ष २ करोड ५० लाख ३९ हजार रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६२ लाख ५८ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ७२ करोड ९९ लाख ६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*