जन्मदिनमा नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स चन्द्रगढी उपशाखामा कार्यरत अभिकर्ता मुना रिजालले १९ गते साउन शनिवारको दिन पर्ने आफ्नो कान्छो छोराको शुभ जन्मदिनको उपलक्ष्यमा ५ लाख रुपैयाँ बरावरको १५ बर्षे बीमा पोलिसी उपहार दिएकीछिन् । उनले कम्पनीको ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य – ५३ योजना’ आफैँ प्रस्तावक बसी चन्द्रगढी उपशाखा प्रमुख सौरभ ढकालको हातबाट बीमालेख करारनामा फाईल छोरा सुज्ञान शर्मा भट्टराइलाइ उपहार दिएकी हुन् ।
नियमित र अनुसासित बचतको माध्यमबाट समाजलाई आर्थिक रुपमा सुरक्षीत र समृद्ध बनाउने उद्धेश्यका साथ अभिकर्ता पेशामा आएको बताउने अभिकर्ता मुना रिजालले भविष्यमा अब आफुलाई केहि भईहाले यस बिमालेख अन्तरगतको बिमाशुल्क छुट सुविधाले बीमा शुल्क नै नतीरी बाबुले बालीक भएपश्चात अध्यनको लागी एकमुष्ट बिमाङ्क र बोनश पाउने पक्का त गरेँ नै साथमा मासिक भत्ता सुविधाले महिनै पिछे रु.५ लाखको १% का दरले रु.५००० बरावरको भत्ता बीमालेखको अवधी भुक्तानी नहुन्ज्याल बावुका लागी सुनिश्चीत गरेँ भन्दै ढुक्क भएको भाव प्रकट गरीन् । उक्त बिमालेखमा रहेको घातक रोध सुविधाले अब भविष्यमा आँफुलाई घातक प्रकृतीको रोघ लागेमा बीमाङ्क रकम बरावरको जिम्मेवारी समेत नेपाल लाइफलाई सुम्पिएको बताइन् ।
बीमालेख हस्तान्तरण गर्दै बीमा क्षेत्रमा लगभग एक दशक कार्य अनुभव बटुली सकेका नेपाल लाइफ चन्द्रगढी उपशाखा प्रमुख सौरभ ढकालले छोटो मन्तब्य राख्दै बास्तवमा बालबालीकाहरुका लागी भनी नेपाली बीमा कम्पनीहरुले हाल केटाकेटी बीमा योजनाहरु उनीहरुको सुरक्षीत र सुनीश्चत भविष्यका लागी भरपर्दो र उपयोगी बनाएर बजारमा ल्याएको भए ता पनी पर्याप्त बीमा जागरण र बीमा सचेतनाको अभावले अझैपनी मानीसहरु हाम्रो समाजमा यस्तो पनी हुन्छ र भनी अनविज्ञ रहेको बताए ।
जीवन बीमा एउटा बहु उपयोगी बीज्ञान भएको हुँदा, बीमायोग्य सम्पुर्ण नेपाली नागरीकहरुले आफ्नो क्षमता र आवश्यक्ता अनुसारको एक ब्यक्ती एक जीवन बीमा योजना सुचारु गर्न सक्दा प्रत्येक व्यक्ती, परिवार, समाज र समग्रमा सिगों राष्ट्रलाई नै ठुलो योगदान पुग्ने समेत बताए ।