राष्ट्रिय बीमा कम्पनीका १० उत्कृष्ट अभिकर्ताहरु सम्मानित

१८ श्रावण २०८१, शुक्रबार १९:४८

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफनो बार्षिकोत्सवको अवसरमा १० उत्कृष्ट अभिकर्ताहरु सम्मान गरेको छ।

कम्पनीले शुक्रबार ११ औं बार्षिकोत्सवको उपल्क्ष्यमा उत्कृष्ट १० अभिकर्ताहरु सम्मान गरेको हो । साथै कम्पनीले बार्षिकोत्सवको अवसरमा खेलकुद प्रतियोगतामा उत्कृष्ट रहेका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

कम्पनीले बीमा व्यवसाय प्रदान गर्ने उत्कृष्ठ १० जना अभिकर्ताहरुलाई सम्मान गरेको छ।

उत्तर बहादुर ऐर, दोस्रोमा बलराम श्रेष्ठ, तृतीयमा देव नारायण जोशी, युकेश नेपाल, सुरेश थारु, निलु पाठक, उमेश राज उपाध्यय, धर्मराज अधिकारी, ज्योति घिमिरे र पवन बहादुर बुहादर गत बर्ष उत्कृष्ट कारोबार गर्ने अभिकर्तामा छनोट भएका छन् ।

कम्पनीले सम्मानित अभिकर्ताहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि बीमा प्राधिकरणका सूर्य प्रसाद सिलवाल र अतिथीको रुपमा निर्देशक सुशील सुवेदी,धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारीको उपस्थितीमा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*