चुक्ता पुँजि नपुराउने बीमा कम्पनीको पोर्टफोलियोे रोक्ने अध्यक्ष सिलवालको चेतावनी
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आउँदो समयसम्म तोकिएको चुक्ता पुँजि नपु¥याएको अवस्थामा पोर्टफोलियोे रोकि दिने चेतावनी दिएका छन । नेपाल बीमा कम्पनीको वार्षिकउत्सव कार्याक्रममा बोल्दै अध्यक्ष शिलवालले यस्तो बताएका हुन् ।
सरकारी कम्पनी भनेर प्रोत्साहन दिदै गरेको भएर पनि सरकारी कम्पनीको नै ब्यवसाय खस्किदै गएको सिलवालले बताए । बीमाका कुनै पनि कुरा हावा तालमा नरहेको र नियामकले पनि सम्पुर्ण कुराको अध्ययन गरेर मात्र निर्देशिका जारी गर्ने गरेको सिलवालको भनाइ रहेको भनाइ रहेको छ ।
नेपाल बीमा कम्पनीको ११ वर्षमा पुग्दा समेत वित्तीय बिबरण पनि पारित हुन ११ वर्षकै बाँकी रहनु दुखत विषय रहेको उनले बताए । ‘नेपाल बीमा कम्पनी स्थापना भएको ११ वर्ष भइसकेको छ । ११ वर्ष पुग्दा समेत ११ वर्षकै वित्तीय विवरण पारित गर्ने बाँकी छ’ उनले भने, ‘यस अवधीमा कुनै पनी नयाँ बीमालेख पनि ल्याएको छैन । काठमाडौँमा मात्र व्यवसाय केन्द्रित रहेको छ । अब अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्नु पर्ने आवश्यक रहेको छ ।’
कम्पनीका कर्मचारीले उठाएका जाएज माग सम्बोधन हुनुपर्ने उनको भनाइ रहेको छ । राष्ट्रिय बीमा कम्पनी ब्यवसाय निकै कमजोर अवस्थामा रहेको बताउँदै दुख व्यक्त गरे । शाखा बिस्तारमा जोड दिन समेत निर्देशन उनले निर्देशन दिए ।
कर्मचारीहरुको तालिम र समाजिक उत्तरदायित्वमा पनि कम्पनीले कुनै प्रकारको खर्च नगरेको र त्यसलाइ पनि नजिकबाट नियालेर ध्यान दिन निर्देशन दिएका छन । उनले कर्मचारीहरुलाइ पनि सेवा सुबिधा मात्र खोजेर नहुने र काम पनि प्रभावकारी बनाउन पनि निर्देशन दिए ।
बीमा प्राधिकरणको जानकारीमा कम्पनीले कुनै पनि दाबी नै दिने नगरेको समेत सिलवालले बताए । पत्रबाट सेवा मागेको खण्डमा कम्पनीलाई आगामी दिनमा कुनै पनि प्रकारको सहयोग नहुने भन्दै आक्रोश व्यक्त गरे ।