कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गरौ, लहै–लहैमा नलागौः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा लगानीगर्दा सम्बन्धीत कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गर्नुपर्ने बताएका छन् । आज अर्थसमितिमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै उनले यस्तो बताएका हुन् ।
पौडेलले अल्पकालिन वा दिर्घकालिन जुनसुकै लगानीकर्ताले सम्बन्धीत कम्पनीको वित्तीय विवरण, भावि योजना र सम्भावनालाई हेरेर लगानी गर्ने भनेको हुन् । उनले भने, ‘निरन्तर बढेको बजारमा भित्री कारोबार पनि हुन सक्ने भएकाले यसमा सचेत र सजग हुन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिइसकेको छु । लगानीकर्ताले शेयर सहज तरिकाले खरिदबिक्री गर्न पाउनु पर्छ । बजारमा साना लगानीकर्ताहरुले विशेष ध्यान दिनुपर्छ ।’
उनले अरुको लहै–लहैमा नलागिकन लगानी गर्न पनि आग्रह गरेका छन् ।