राष्ट्र बैंकद्धारा सर्कुलर जारीः संस्थागत लगानीकर्तालाई सेयर कर्जाको सीमा हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्र्दै संस्थागत लगानीकर्ताको २० करोडको कर्जाको सीमा हटाएको छ।
केन्द्रिय बैंकले आज एकीकृत निर्देशनमा जारी गर्दै संस्थागततर्फ शेयर लगानीकर्ताका लागि कर्जाको सीमा हटाएको हो। मौद्रिक नीतिमा घोषित संस्थागत लगानीकर्ताको २० करोडको कर्जाको सीमा आज राष्ट्र बैंकले एक सुर्कलर जारी गरेर जानकारी दिएको हो ।
मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको भन्दै सेयर धितोमा संस्थागत लगानीकर्तालाई दिइने कर्जाको सीमा हटाइएको राष्ट्र बैंकले जनाएको छ ।संस्थागततर्फको सीमा हटाइए पनि राष्ट्र बैंकले व्यक्तिगत सेयर लगानीकर्तालाई सेयर कर्जाको सीमा यथावत् राखिएको छ । व्यक्तिगततर्फ सेयर कर्जाको सीमा अधिकतम १५ करोड रुपैयाँ छ ।
‘मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिने,’ निर्देशिकामा उल्लेख रहेको छ । धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्नर् नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति दिएको छ ।
सेयर बजारमा लगाइएको संस्थागततर्फको सीमा हटाएकाले अर्थतन्त्र चलायमान हुन सहयोग पुग्ने नेपाल पुँजी बजार लगानीकर्ताहरु बताँउछन् ।
Circular2-ABC-FinalUpload