मौद्रिक नीतिमा राष्ट्र बैंकले गम्भीर लापरवाही गर्योः पूर्व अर्थमन्त्री डा. महत
काठमाडौँ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा गम्भीर लापरबाही गरेको बताएका छन् । आज अर्थसमितिमा बोल्दै महतले यस्तो बताएका हुन् ।
‘यसअघि खुकुलो मौद्रिक नीति आउँदा सबैभन्दा धेरै कर्जा प्रवाह भयो । धेरै कर्जा प्रवाह गर्दा खेरी सहि तरिकाले प्रणाम आउने क्षेत्रमा आएन । सोहि कारण अहिले हजारौ ऋणहरुले ऋण फिर्ता गर्ने सकेनन् । फेरी केहि समयपछि सो कुरालाई करेक्सन गर्नेका लागि एकदम कसिलो नीति राष्ट्र बैंकले जारी गर्यो’महतले भने, त्यसले गर्दा थप समस्या आएको हो । मौद्रिक नीति संचालन गर्दा सन्तुलित रुपमा गर्नुपर्छ ।’
मौद्रिक नीति बनाउँदा लामो समयलाई हेर्नुपर्ने महतले बताए । उनले भने, ‘अर्थमन्त्रालयको कुरा सुन्ने नसुन्ने राष्ट्र बैंकको अधिकार हो । म अर्थमन्त्रालयमा हुँदा मौद्रिक नीति कसिलो बनाइएयो । त्यसलाई सुधार गरेर अलि लचिलो ल्याउनुपर्छ भनेर केहि खुकुलो बनाउँदा अर्थतन्त्रले लय समालेको हो । शेयर बजारपनि १८ सयबाट २२ सय पुगेको थियो ।’
अर्थमन्त्री पौडेलको आगमनले राष्ट्र बैंकसँग समन्वय मिलेको बताउँदै महतले मौद्रिक नीति पनि खुकुलो आएको बताए । मौद्रिक नीति अनावश्यक कुरा समेत आएको महतको तर्क छ ।