बिवाईडीको कर छली काण्ड अर्थसमितिमा उठ्यो, छानविन गर्न सांसदको माग

१८ श्रावण २०८१, शुक्रबार १४:३७

काठमाडौँ। विद्युतिय गाडी कम्पनी बिवाइडीले गरेको कर छलीबारे अर्थ समितिमा प्रश्न उठेको छ । अर्थ समितिको आजको बैठकमा सांसदहरूले बिवाईडीको कर छली काण्ड छानविनमा भइरहेको ढिलाईबारे प्रश्न उठेको छ ।

प्रतिनिधि सभाका सांसद छिरिङ डम्दुल लामा कार्चेनले बिवाइडी गाडीको कर छलीबारे छानविनमा ढिलाइ भएको भन्दै अर्थमन्त्रीको जवाफ मागेका छन् ।

चिनियाँ गाडी बिवाईडीले व्यापक कर छली गरेको सम्बन्धमा कर छली गरेको सम्बन्धी समाचार बीमापोष्टसहितका विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित भएको थियो ।

आजकाे बैठकमा सांसद कार्चेनले हिमाली क्षेत्रका जनता र हुम्ली जनतालाई राज्यले विभेद गरेकाे बताउँदै गरिब जनतालाई २५ लाख सम्म बिना धिताे परियाेजनामा आधारित ऋण दिने व्यवस्था गर्न माग गरेका थिए ।

बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*