नेप्सेमा समता घरेलु लघुवित्तको १४ लाख ८४ हजार कित्ता शेयर सूचीकृत
१८ श्रावण २०८१, शुक्रबार १४:१५
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । शुक्रबार समता घरेलु लघुवित्तको सेयर सूचीकृत भएको हो ।
कम्पनीको १४ लाख ८४ हजार ७८५ कित्ता शेयर सूचीकृत भएको हो । साविकको समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई १ः१ अनुपातमा प्राप्ति गरेपश्चात मनकामना स्मार्ट लघुवित्तको नाममा रहेको उक्त सेयर समता घरेलु लघुवित्तको नाममा सूचीकृत भएको छ ।
यससँगै मनकामना स्मार्ट लघुवित्तको सूचीकरण खारेज भएको छ ।