कामना सेवा विकास बैंकको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने
१८ श्रावण २०८१, शुक्रबार १३:१४
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने भएकोछ । System Maintenance गर्नुपर्ने भएकोले साउन १८ गते शुक्रबार राती १०ः०० बजेदेखि १९ गते शनिबार बिहान ४ः०० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।
सो समयमा सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु (मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम कार्ड लगायत) अवरुद्ध रहने बैंकले जनाएको छ ।