पुरानो नगद लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ । विगतका विभिन्न साधारणसभाले पारित गरेको लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।
बैंकले लाभांश पुर्जा लिई भुक्तानी लिन बाँकी र हालसम्म पनि लाभांश पुर्जा लिन नआएका शेयरधनीलाई आफ्नो शेयर प्रमाणपत्र र डिम्याट खाताको विवर, शेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क गरी भुक्तानी लिन भनेको छ ।
बैंकले आर्थिक वर्ष २०५५।५६ देखि २०७५।७६ सम्मको लाभांश रकम बुझिलिन बाँकी शेयरधनीको विवरण सार्वजनिक गरेको छ । सोका अनुसार आर्थिक वर्ष २०७५।७६ मा ११ हजार ४४२ जना शेयरधनीले लाभांश बुझिलिन बाँकी रहेको देखिन्छ ।
बैंकले ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित शेयरधनीको विवरण आधिकारिक वेभसाइटमा राखिएको उल्लेख गरेको छ ।