अर्थ समितिको बैठक आज बस्दै, विष्णु पौडेलसँग छलफल हुने
१८ श्रावण २०८१, शुक्रबार १०:२३
काठमाडौं । प्रतिनिधि सभाको अर्थसमितिको बैठक आज अपरान्ह १ बजे सिंहदरवारमा बस्दैछ । अर्थ समितिले आजको कार्यसूचिमा अर्थतन्त्रका समसायिक बिषयमाथि छलफल गर्न लागेको जनाएको छ ।
आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेल सहभागी हुनेछन् । बैठकमा सांसदहरुले अर्थतन्त्रका समस्याहरुमाथि अर्थमन्त्री पौडेलसँग जिज्ञाशा राख्ने कार्यक्रम रहेको छ । बैठकमा विविध विषय पनि राखिएको छ ।