प्रतिकित्ता १७१ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर किन्ने अन्तिम दिन

१८ श्रावण २०८१, शुक्रबार ०९:४९

काठमाडौं । साउन १३ गतेदेखि बिक्रीमा राखिएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सो संस्थापक शेयरमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिकित्ता न्यूनतम १७१ रुपैयाँमा बिक्री गर्ने गरी ९२ हजार ३४९ कित्ता संस्थापक शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्था हर कोहीले खरीद गर्न पाउनेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा कम्तीमा ५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिन्छ । आवेदन फाराम बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

One thought on “प्रतिकित्ता १७१ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर किन्ने अन्तिम दिन

  1. Deepak silwal says:

    I need

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*