दुईवटा शाखा कार्यालय बन्द गर्ने सूर्यज्योति लाइफको निर्णय

१८ श्रावण २०८१, शुक्रबार ०९:२८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईवटा शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कम्पनीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १८ स्थित चनौली शाखा कार्यालय बन्द गर्न लागेको हो । कम्पनीले उक्त शाखा कार्यालय भदौ २ गते आइतबारदेखि लागू हुने गरी बन्द गर्ने जनाएको छ ।

कम्पनीले चनौली शाखाबाट गरिने सम्पूर्ण कार्य चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको नारायणघाट शाखा कार्यालयबाट सञ्चालन गरिने निर्णय भएको बताएको छ । यससँगै अब कम्पनीको चनौली शाखाका बीमित तथा अभिकर्ताहरू नारायणघाट शाखामा धाउनुपर्ने भएको छ ।

त्यस्तै कम्पनीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा रहेको मनहरी शाखा कार्यलय पनि भदौ २ गतेदेखि नै बन्द गर्ने भएको छ । कम्पनीका अनुसार मनहरी शाखाबाट प्रदान गरिने सम्पूर्ण सेवा अब मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको हेटौंडा शाखा कार्यालयबाट प्रदान गरिनेछ ।

कम्पनीले मनहरी शाखा बन्द गर्ने भएसँगै उक्त शाखाबाट सेवा लिइरहेका बीमित र सेवा दिइरहेका अभिकर्ताहरूले अब सो सेवाका लागि हेटौंडा शाखासम्म पुग्नुपर्ने बाध्यता भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*