हिमालयन लघुवित्तको नाफामा २४% गिरावट, खराब कर्जा बढ्यो

१८ श्रावण २०८१, शुक्रबार ०७:३९

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडल गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष कम्पनीको नाफा २४ दशलमव ८१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ करोड ४१ हजार रुपैयाँ नाफा गरेको यस कम्पनीले गत वर्ष ७५ लाख ५० हजार रुपैयाँ मात्रै नाफा गरेको हो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी भने १४ दशमलव २२ प्रतिशले बृद्धि भएको छ । अघिल्लो वर्ष २० करोड ७७ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष २३ करोड ७२ लाख ५६ हजार रुपैयाँ यस्तो आम्दानी गरेको छ ।

कम्पनीको कुल सञ्चालन आम्दानी पनि ८ दशमलव ५६ प्रतिशतले बढेको छ । गत वर्ष कम्पनीले २८ करोड ५७ लाख ४६ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी २६ करोड ३२ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको सञ्चालन नाफा १७ दशमलव २२ प्रतिशतले घटेको छ । गत वर्ष कम्पनीले १ करोड ८ लाख २१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा १ करोड ३० लाख ७२ हजार रुपैयाँ रहेको थियो । कम्पनीको वितरणयोग्य नाफा २२ लाख ८९ हजार रुपैयाँ ऋणात्मक छ ।

कम्पनीको प्रतिशेयर आम्दानी अनुपात २.३६ मा झरेको छ भने खराब कर्जा अनुपात २ दशमलव ३७ प्रतिशतबाट बढेर ३ दशमलव ६५ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५७ पैसा, मूल्य आम्दानी अनुपात ५४२ दशमलव १९ गुणा र तरलता अनुपात ८ दशमलव ५८ प्रतिशत रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा २२ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ रिजर्भको आकार ९ करोड २४ लाख रुपैयाँबाट बढेर १० करोड १९ लाख रुपैयाँ पुगको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*