दुई महिना बित्दा पनि सहमति कार्यन्वयन नगरेको भन्दै सहकारी पीडितहरुको प्रदर्शन
काठमाडौँ । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै हजारौंं सहकारी पीडितहरु फेरी आन्दोलनमा उत्रिएका छन् ।
सहकारीका समस्या समाधानका लागि ६५ दिन पुग्दा पनि कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरुले काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी पीडितहरुले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन् । सहकारी बचत संरक्षण राष्ट्रिय अभियानले रत्नपार्कबाट मानव साङ्लो बनाउँदै पीडितहरुलाई सडकमा उतारेको हो ।
आफूहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै देशभरका सहकारी पीडितहरूले बिहीबार काठमाडौंमा अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन् ।
सहकारी पीडितहरूले माइतघीर हुँदै काठमाडौंको टुँडिखेल क्षेत्रमा मानव साङ्लो बनाएर प्रदर्शन गर्दै सरकारलाई दबाब दिएका हुन् ।