२३ बीमा कम्पनीको शेयरमा हरियाली, कुनको मूल्य कति ? (सूचीसहित)

१७ श्रावण २०८१, बिहीबार १६:०३

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेतापनि बीमा कम्पनीहरुको शेयरमा चाँही हरियाली छाएको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५ दशमलव २९ अंकले घटेर २७५५ को बिन्दुमा कायम भएको छ ।

समग्र शेयर बजारका सूचकमध्ये बीमा क्षेत्रका कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज लाइफ र ननलाइफ इन्स्योरेन्सको उपसूचकमा कारोबार भएका कम्पनीहरुको शेयरमूल्य बढेको हो ।

आज लाइफ इन्स्योरेन्स सव इन्डेक्स ३.६९ प्रतिशत अर्थात ४७४.७४ अंकले बढेर १३३०७.४७ को बिन्दुमा कायम भएको छ । बिहीबार सबै जीवन बीमा कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा हिमालयन लाइफ इन्स्योरेन्सको ५.३९ प्रतिशतले सर्बाधिक बृद्धि भएको छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५.२३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४.५३ प्रतिशतले सर्वाधिक शेयरमूल्य बृद्धि भएको छ ।

नन लाइफ इन्स्योरेन्स उपसूचक आज १.७४ प्रतिशत अर्थात २३१.५० अंकले वृद्धि भएर १३,५०२ को बिन्दुमा कायम भएको छ । यस उपसुचकमा कारोबार भएका १२ वटा कम्पनीमध्ये ११ वटाको बढेको छ ।

नेपाल इन्स्योरेन्सको शेयरमूल्य आज ५ प्रतिशतले सर्बाधिक बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५० रुपैयाँले बढेर १०५० मा कारोबार भएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको ४.६६ प्रतिशत, हिमालयन एभरेष्टको ४.०५ प्रतिशतले सर्वाधिक शेयरमूल्य बढेको हो ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य ३.३३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*