८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५ दशमलव २९ अंकले घटेर २७५५ को बिन्दुमा कायम भएको छ ।
बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये ८ वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबार भएका १६४ वटा कम्पनीको शेयरमूल्य घट्दा ७४ वटाको बढेको छ ।
आज एचआइडिसी हाइड्रोपावर, नेपाल हाइड्रो डेपलभर, शुभम पावर, सिटी होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर, प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माइ हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
पछिल्लो शेयर बजारमा आएको रौनकले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको हो । शेयर बजारमा सबैभन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलको हुन्छ । अहिले नियामक निकायले देखाएको सक्रियताले लगानीकर्ताको मनोबल निकै दरिलो बन्दै गइरहेको छ । जसको कारण बजारले समेत निरन्तर उचाईको यात्रा तय गरी रहेको हो ।