एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा

१७ श्रावण २०८१, बिहीबार १३:१९

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ५ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले ५ वटा म्युचुअल फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको हो ।

एनआईसी एशिया बैंकद्वारा प्रबर्धित तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड, एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड), एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको लाभांश घोषणा भएको हो ।

बैठकले एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका लागि १० प्रतिशत, एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) का लागि १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लागि १०.५० प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्डका लागि ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लागि ९.२५ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*