एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको १०% लाभांश घोषणा
काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाईनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरेको हो ।
फण्डको गत आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षण सम्पन्न भएपछि इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । फण्डले लाभांश वितरण प्रयोजनार्थ साउन १७ गते बुक क्लोज गर्ने भएको छ । सोका अनुसार साउन १६ गतेसम्म कायम इकाईधनीहरूले मात्रै उक्त प्रतिफल प्राप्त गर्नेछन् ।
फण्डका इकाईधनीहरूले लाभांश प्राप्त गरेपश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत् उक्त रकमले थप इकाईहरु खरीद गर्न सक्नेछन् यसका लागि साउन ३२ गतेभित्र नाम दर्ता गराउनुपर्ने फण्डले जनाएको छ ।
एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड खुलामुखी योजना हो । यसको कोष प्रवर्द्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ ।